
कर्णाली प्रदेश सरकार
भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय
वीरेन्द्रनगर, सुर्खेत
| क्र.सं. | शीर्षक | विवरण | प्रकाशन मिति | संलग्नहरू |
|---|---|---|---|---|
| १ | परिचय | नेपालको संविधान २०७२ ले मूलुक संघ, प्रदेश र स्थानिय तह गरी तीन तहको संघिय शासन प्रणाली अबलम्बन गरी राज्यबाट नागरिक सम्म प्रदान गर्ने राज्यका लाभहरु नागरिकको नजिकको निकायवाट प्रदान गर्ने व्यवस्था गरेको छ । सोही अनुरुप प्रदेश तहमा भौतिक पुर्वाधार तथा सहरी विकास मन्त्रालय कर्णाली प्रदेश मातहत पुर्वाधार विकास निर्देशनालयको रुपमा मन्त्रालयको विभागीय कार्य गर्ने गरी स्थापना भएको निकाय हो ।यस निर्देशनालयले मातहतका निकाय र मन्त्रालय विच पुलको काम गरिरहेको छ । मातहतका निकायहरुको सुपरीवेक्षण एवं पृष्ठपोषण समेत गरी सोको जानकारी तालुक मन्त्रालयमा पेश गर्ने जिम्मेवारी समेत यस निर्देशनालयमा रहेको छ । मुलत यस निर्देशनालयले सुर्खेत जिल्ला स्थित साविकमा पुर्वाधार विकास कार्यालय र सहरी विकास तथा भवन कार्यालय को कार्य जिम्मेवारीमा रहेका काम गर्ने गरी कार्यक्षेत्र निर्धारण भएको छ । यसले सुर्खेत जिल्ला भित्र सडक, पक्कि पुल, झोलुगें पुल जनता आवास कार्यक्रम सञ्चालन प्रदेश मातहतका नयाँ भवन निर्माण तथा मर्मत सम्भार जस्ता कार्य गरिरहेको छ ।c | २०८२-०८-२३ | — |